अ
+
अ
अ
-
धनगढी- बाजुरामा एक युवकको हत्या भएको छ । बुढीनन्दा नगरपालिका- ६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले आपसी विवादका क्रममा बुधबार राति रावतको हत्या भएको पाइएको बताए ।
उनकाअनुसार हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावतलाई पक्राउ गरिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको हो । घटनाकाे थप अनुसन्धानका लागि जिप्रकाबाट प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भर्खरै
लोकप्रिय
