संक्रमणकालीन न्यायसम्बन्धी विषय यो सरकारले टुंगो लगाउन नसके अरु कुनैले सक्दैनः सभापति बास्कोटा

संक्रमणकालीन न्यायसम्बन्धी विषय यो सरकारले टुंगो लगाउन नसके अरु कुनैले सक्दैनः सभापति बास्कोटा
कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटा।
+
-
देशसञ्चार AI सारांश
  • कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले संक्रमणकालीन न्यायसम्बन्धी काम छिटो टुंग्याउन सरकारलाई आग्रह गरिनन्।
  • समितिले कानूनमा सुधार ल्याउन समन्वयात्मक भूमिका निर्वाह गर्न तयार रहेको र सरकारलाई समर्थन गर्ने बताइन्।
  • सभापति बास्कोटाले मानव अधिकारका विषयहरुमा सरकारको पूर्ण प्रतिबद्धता रहेको र छिटो निष्कर्षमा पुर्‍याउन जोड दिइन्।

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले संक्रमणकालीन न्यायसम्बन्धी थाँति रहेका काम छिटो टुंगो लगाउन सरकारसँग आग्रह गरेकी छन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले संक्रमणकालीन न्याय निरुपणलगायतका मानव अधिकारसँग सम्बन्धित थाँति रहेका सबै कामहरू सम्पन्न गर्न सरकारलाई सचेत गराएकी हुन् ।

उनले उक्त कामलाई सम्पन्न गर्नका लागि कानूनमा सुधार ल्याउने काममा समितिले संयोजनकारी भुमिका निर्वाह गर्न तयार रहेको पनि बताइन् । सरोकारवालाहरूसँग बसेर संक्रमणकालीन न्याय निरुपणमा देखिएका समस्या समाधान हुनेगरी कानुन निर्माण गर्ने काम समिति लागिपर्ने सभापति बास्कोटाको प्रतिवद्धता छ । उनले सरकारले संक्रमणकालीन न्याय निरुपणका लागि प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई छिटो निष्कर्षमा पुर्‍याउनुपर्ने बताइन् ।

सभापति बास्कोटाले भनिन्,‘हामीले विभिन्न मानव अधिकारमा हाम्रो कमिटमेन्ट हन्ड्रेड पर्सेन्ट हो । विभिन्न टाईमदेखि मानव अधिकारका विषयहरु थाँति रहेका छन् । चाहे त्यो सत्य निरुपणको विषय होला, चाहे त्यो बेपत्ता पारिएका विषय होला । त्यो सबैलाई अहिलेको सरकारले टुंगो लगाएर जान सकेन भने अब कुनैपनि सरकारले टुंगो लगाउन सक्दैन । त्यसमा हाम्रो हन्ड्रेट पर्सेन्ट कमिटमेन्ट गोभरर्मेन्टको तर्फबाट, कानून मन्त्रालयको तर्फबाट पनि त्यो लेवलको कमिटमेन्ट आएको छ । लहरुमा प्रबलम छ । त्यसमा हामी सोलुशन बेस पोलिटिक्स गर्न चाहन्छौँ । के हो त सोलुशन ? त्यसमा काम गर्न चाहन्छौँ । केही साथीहरुलाई मेले यहीबाट जानकारी पनि गराएँ–कानून, न्याय तथा मानव अधिकार समितिमा धेरै विकास साझेदारका साथीहरु आउनुहुन्छ । र विभिन्न फोरमहरुमा आएर पोलिसीमा सुधार गरौँ भनेर भन्नुहुन्छ । मैले आएदेखि यो समितिको हल छ । त्यसमा हामी सम्बन्धित पक्षसँग छलफल गर्न तयार छौँ । हामी तपाईहरुलाई नै इन्भाईट गरेर कहाँ कहाँ समस्या छन्, समाधान गरौँ । हाम्रो कानून निर्माण गर्न आएको हौँ । त्यसमा काम गर्छौँ ।’

सभापति बास्कोटाले मुलुकमा विद्यमान समस्याहरुलाई सम्बोधन हुनेगरी कानून निर्माण गर्ने काममा आफूहरू लागि परेको जिकिर पनि गरिन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…