सप्तरी – छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि कार्यकक्षमै दुव्र्यवहार भएपछि कर्मचारीले आपत्ति जनाएका छन्।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी दुव्र्यवहार गर्नुका साथै कुर्सीबाट लडाउने, अपशब्द प्रयोग गर्ने र कार्यालयको झ्यालका सिसा लगायतका सार्वजनिक सम्पत्ति तोडफोड गरी ठूलो क्षति र्पुयाएका छन्।
कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै कडाभन्दा कडा कारबाही गर्न स्थनीय प्रशासनसँग माग गरेका हुन्।
अराजक समूहले श्री माध्यमिक विद्यालय लालापट्टिका विद्यार्थीलाई समेत प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध प्रयोग गरेको पाइएको छ।
विद्यालयमा पंखा र खानेपानी जस्ता भौतिक सुविधाहरू गाउँपालिकाले उपलब्ध गराइसकेको अवस्थामा पनि गलत अफवाह फैलाएर शैक्षिक क्षेत्रमा नराम्रो नजिर स्थापित गर्न खोजिएको कर्मचारीहरुको विज्ञप्तिमा समेत उल्लेख छ ।
गाउँपालिकाका कर्मचारीहरूले चारबुँदे माग सार्वजनिक गरेका छन् । उनीहरूले कार्यकक्षमा दुव्र्यवहार र तोडफोडमा संलग्न मुख्य योजनाकार तथा व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।
भर्खरै
लोकप्रिय
