मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना

मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
+
-
देशसञ्चार AI सारांश
  • विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसापीडितको लागि दुई वडामा ‘सुरक्षित कक्ष’ स्थापना गरेको छ।
  • ‘सुरक्षित कक्ष’ मा हिंसापीडित बालबालिका, किशोरी र महिलाले सुरक्षित आश्रय र मनोपरामर्श सेवा प्राप्त गर्नेछन्।
  • झापामा महिला हिंसा नियन्त्रण गर्न परियोजना लागू भएको, जहाँ सबैभन्दा बढी हिंसाका घटना हुने गरेको अनुसन्धानले देखाएको छ।

झापा – विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्न दुई वटा वडामा ‘सुरक्षित कक्ष (सेफ स्पेस)’ स्थापना गरेको छ।

नगरमा गत वर्षदेखि गुरुयोजनाको रुपमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना लागू भएको छ। जसको एउटा एकाइको रुपमा ‘सुरक्षित कक्ष’ सञ्चालनमा ल्याइएको नगरपालिकाका महिला, वालवालिका तथा सामाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलले बताए।

मेचीनगरको वडा नं. ८ र १५ मा ‘सुरक्षित कक्ष’ स्थापना गरिएको र नगरभित्र हिंसामा परेका नागरिकले त्यहाँ आएर सेवा लिन सक्ने उनले जानकारी दिए।

‘सुरक्षित कक्ष’ मा हिंसामा परेका खासगरी बालबालिका, किशोरी र महिलाले सुरक्षित आश्रय र मनोपरामर्श प्राप्त गर्नेछन्। जोखिममा रहेका पीडितलाई सुरक्षाका लागि प्रहरी, न्यायका लागि अदालत र उपचारका लागि स्वास्थ्य निकायसम्म पुर्याउन त्यहाँका कर्मचारीले सहयोग पुग्ने उनले बताए।

हरेक ‘सुरक्षित कक्ष’ मा हिंसापीडितलाई तत्काल चाहिने सहयोग प्रदान गर्नका लागि एक जना केस मेनेजर, मनोपरामर्शदाता र केस वर्करको नियुक्ति गरिएको छ। समस्यामा परेका बालवालिका तथा किशोरीको पहिचान गरी उनीहरुलाई पहिलो सेवा दिने काम नै केस वर्करको भएको मेचीनगर–८ स्थित ‘सुरक्षित कक्ष’ की केस वर्कर शान्ति मेहराले बताए।

कोशी प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना झापामा हुने गरेको प्रहरीको अध्ययनले जनाएको छ। त्यही कारण झापामा हिंसा नियन्त्रण गर्न परियोजना लागू भएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…