मधेस प्रदेशमा सिञ्चित क्षेत्रफलमा कमी, घट्यो उत्पादन

मधेस प्रदेशमा सिञ्चित क्षेत्रफलमा कमी, घट्यो उत्पादन
+
-
देशसञ्चार AI सारांश
  • नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेस प्रदेशको कुल सिञ्चित क्षेत्रफल ४.३४ प्रतिशतले घटेर ३ लाख १९ हजार ८० हेक्टर पुगेको छ।
  • कृषि बालीहरुको कुल उत्पादन १०.५९ प्रतिशतले घटेर ४२ लाख ५२ हजार १९९ मेट्रिक टनमा सीमित भएको छ।
  • यस वर्ष धान, मकै, गहुँलगायतका बालीहरुको उत्पादनमा ठूलो गिरावट आएको छ भने उखु र सुर्ती उत्पादन बढेको छ।

जनकपुरधाम- अन्नको भण्डार रहेको मधेस प्रदेशमा सिञ्चित क्षेत्रफलमा कमी आएको छ ।

नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मधेस प्रदेशको कुल सिञ्चित क्षेत्रफलमा ४.३४ प्रतिशतले कमी आएर ३ लाख १९ हजार ८० हेक्टर पुगेको छ । गत वर्ष २.४१ प्रतिशतले सिञ्चित क्षेत्र बढेकोमा यस वर्ष त्यसमा कमी आएको हो ।

बैँकले सार्वजनिक गरेको मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्णिक प्रतिवेदन आव २०८२/८३ अनुसार यस वर्ष कुलोद्वारा सिञ्चित क्षेत्र ५.६७ प्रतिशतले कमी भई १ लाख ७ हजार २३४ हेक्टर, नहरद्वारा सिञ्चित क्षेत्रफल ०.९७ प्रतिशतले कमी भई १ लाख ६५ हजार १२४ हेक्टर र बोरिङद्वारा सिञ्चित क्षेत्रफल ९ प्रतिशतले कमी भई ४१ हजार ५८६ हेक्टर पुगेको हो ।

मधेसमा सिञ्चित क्षेत्रफल घट्दा कृषि उत्पादनमा समेत कमी आएको हो । राष्ट्र बैँकका अनुसार प्रदेशको समग्र कृषि बालीहरुको कुल उत्पादनमा १०.५९ प्रतिशतले कमी भई ४२ लाख ५२ हजार १९९ मेट्रिक टन उत्पादनमा सिमित भएको हो । गत आवको यहि अवधिमा कुल उत्पादनमा १.१७ प्रतिशतले वृद्धि भएको थियो ।

चालु आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार मधेस प्रदेशमा धान उत्पादन १३.४८ प्रतिशतले घटेको छ । यस्तै, मकै उत्पादन ३४.०९, गहुँ उत्पादन २२.४४, कोदो उत्पादन ६९.०५, जौँ उत्पादन ३.५६, आलु उत्पादन ५७.९७ प्रतिशत, सनपाट उत्पादन ७५.९४ र दलहन उत्पादन २०.८६ प्रतिशतले घटेको हो ।

गत आवको यस अवधिमा भने धान, मकै, गहुँ र तेलहन उत्पादनमा वृद्धि भएको थियो । यस वर्ष उखु , सुर्ती र तेलहन उत्पादनमा वृद्धि भएको हो । उखु ०.७७ प्रतिशतले, सुर्ती १५.६३ प्रतिशतले र तेलहन उत्पादन ७.१९ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष उखु उत्पादन १६.८२ प्रतिशतले र दलहन उत्पादन ४१.३९ प्रतिशतले घटेको थियो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…