- विभिन्न ८ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।
- पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएर १० विश्वविद्यालयका लागि उम्मेदवार चयन गरियो।
- प्राप्त राय र मूल्याङ्कनका आधारमा अन्तिम सिफारिस प्रक्रिया अगाडि बढाउने योजना बनाइएको छ।
काठमाडौं- विभिन्न ८ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।
उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको शुक्रबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयकाको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको हो।
‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन परेका थिए। त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट सार्वजनिक गरिएको हो।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए।
भर्खरै
लोकप्रिय
