दोहास्थित नेपाली दूतावासद्वारा श्रमिक सचेतना कार्यक्रमको आयोजना

दोहास्थित नेपाली दूतावासद्वारा श्रमिक सचेतना कार्यक्रमको आयोजना
+
-

काठमाडौँ- दोहास्थित नेपाली राजदूतावासले कतारमा कार्यरत नेपाली श्रमिकहरूको हित र सुरक्षालाई ध्यानमा राख्दै शुक्रबार एक विशेष सचेतना कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा कतारको कानुन, श्रम प्रक्रिया र वित्तीय साक्षरताका विभिन्न आयामबारे छलफल गरिएको थियो।

कार्यक्रममा कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले कतारमा रहँदा नेपाली श्रमिकहरूले पालना गर्नुपर्ने नियम र कानुनबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले कतार बसाइका क्रममा आइपर्न सक्ने सम्भावित कानुनी तथा व्यावहारिक जोखिमहरूका बारेमा सहभागीहरूलाई सचेत गराएका थिए।

राजदूतावासका श्रम सहचारी सीता दुवाडीले नेपालको श्रम कानुन, श्रम स्वीकृति प्रक्रिया र सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकले पाउने फाइदाहरूका बारेमा स्पष्ट पारेकी थिइन्।

यसैगरी, दूतावासका द्वितीय सचिव स्मारिका सुवेदीले राजदूतावासबाट प्रवाह गरिने राहदानी तथा कन्सुलरसम्बन्धी सेवा र प्रक्रियाबारे जानकारी गराएकी थिइन्।

श्रमिकहरूलाई वित्तीय रूपमा सचेत गराउने उद्देश्यले हिमाल रेमिटका प्रतिनिधि वेनुप्रसाद तिम्सिनाले औपचारिक वा बैंकिङ माध्यमबाट रेमिट्यान्स (विप्रेषण) पठाउँदा हुने फाइदाहरू र हुन्डी जस्ता अनौपचारिक माध्यम प्रयोग गर्दा हुन सक्ने जोखिमबारे प्रकाश पारेका थिए।

कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले कतारमा रहेका सम्पूर्ण नेपाली कामदारहरूलाई स्थानीय श्रम कानुनको पूर्ण पालना गर्न र अनुशासित भई कार्यक्षेत्रमा खटिन आग्रह गरे।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…