राजेश हमालः देशद्रोही कि देशभक्त ?

राजेश हमालः देशद्रोही कि देशभक्त ?
+
-
देशसञ्चार AI सारांश
  • लेखमा सीमा समस्या, अतिक्रमण, र भूमिको संरक्षणमा सरकारको उदासीनताबारे गहन प्रश्न उठाइएको छ।
  • सत्ता जोगाउन शासकले दिल्ली धाउने भएपछि सीमावर्ती क्षेत्रमा बस्ने नागरिकहरुको पीडा झल्काइएको छ।
  • लेखका लेखकले राष्ट्रवादको खोक्रोपन र विवेकहीन अन्धभक्तिलाई प्रकट गर्दै सत्यको खोजीमा उभिनुपर्ने धारणा राखेका छन्।

गलतलाई गलत, सहिलाई सहि भन्न सक्ने,
अन्धभक्तिको भीडमा एक्लै अडिन सक्ने,
भूराजनीति, भूअर्थनीति, सीमाका घाउ बुझ्न सक्ने,
भोगचलन, अतिक्रमण र दशगजाको भेद चिन्न सक्ने,
कालापानी, लिपुलेकमा स्पष्ट चट्टानी अडान राख्ने तिमी,
हे महानायक ! एउटै मन कतिपटक जित्छौ तिमी ?

आज उनलाई आफ्नै ‘रिल’को संवाद याद आउँछ–
“मेरो पीडा उसैले बुझ्छ, जो सीमामा बस्छ,
त्यो सीमा, जो दिनदिनै खुम्चिँदै जान्छ, मिचिँदै जान्छ,
त्यो सीमा, जहाँ पिलर रातारात सुटुक्क सर्दै जान्छ,
जहाँ राति गर्वका साथ नेपाली भएर सुतिन्छ,
तर बिहान उठ्दा भूमि अर्कैको भइसक्छ !”

“यहाँ शासकहरु सत्ता बचाउन दिल्ली धाउँछन्,
अनि त्यसको मूल्य सीमावासीले चुकाउँछन,
राजेश दाई सोध्छन्, आखिर यो अवस्था कहिलेसम्म ?
राज्यले हामीलाई न्याय कहिले दिने ?
के सार्वभौम नेपाली भएर बाँच्न नपाउने हामीले ?
आफ्नै माटोमा शरणार्थी झैं आँसु बगाउनुपर्ने हामीले ?”

हेरेर आजको ‘रियल’ बहस, उनी अचम्म मान्छन्–
जहाँ राष्ट्रवादका नारा लगाउनेहरु, सत्यसँगै डराउँछन् !
जहाँ प्रश्न उठाउनु अपराध ठहरिन्छ,
जहाँ सत्य र तथ्यलाई स्वार्थी तालीभित्रै कैद गरिन्छ,
जहाँ विवेकभन्दा भीडको शोर शक्तिशाली हुन्छ,
त्यसैले त आज; विवेक, तथ्य, तर्क र चेतनाको गरिमा
गाली र तालीको गडगडाहटमा हराउँछ !

राजेश दाई गर्जन्छन्, के अब मैले–
‘नेपालले भारतको भूमि मिच्यो’भन्दिनु पर्ने ?
सीमाबारे भ्रम फैलाउनेहरुको प्रवक्ता बन्दिनु पर्ने ?
‘प्रमले कहाँ त्यस्तो भन्नुभएको छ र !’ भन्दा ताली ठोक्नु पर्ने ?
सत्यलाई छोपेर अन्धभक्त झैं ‘हो’मा ‘हो’थप्नु पर्ने ?
आफ्नै जन्भभूमि आमालाई ‘मिचाहा’प्रमाणित गर्नुपर्ने ?

राष्ट्रघाती बोलीविरुद्ध देशको ढाल बनेर उभिँदा,
प्रतिशोध होइन, विचार र विवेकको राजनीति गरौं भन्दा,
क्षणिक आवेग होइन, दीर्घ राष्ट्रिय हितलाई समातौं भन्दा,
जोश र अनुभवको संगम लिएर अघि बढौं भन्दा,
सस्तो ताली होइन, राष्ट्रको सुन्दर भविष्य रोज्दा,
अन्धभक्त भेडाको भीड नगनी, राष्ट्रहितको पक्ष रोज्दा–

यदि तिमी देशद्रोही कहलिन्छौ भने, सुन !
त्यस्ता बदनियत ‘राष्ट्रवादी’भन्दा
तिमीजस्ता असल नियतका ‘देशद्रोही’
हजारौं गुणा मूल्यवान् छन् ।
हो, नेपाललाई तिमी जस्ता ‘देशद्रोही’चाहिन्छ !
जो तालीको मोह गर्दैनन्, जिम्मेवारीको भार बोक्छन् ।

हामीलाई देश बेच्ने लेन्डुप डोर्जे चाहिँदैन,
माटोको रक्षा गर्ने सतिसालझैं अडिग महानायक चाहिन्छ ।
यो देशले आज एउटा मान्छे खोजिरहेछ,
रिलको मात्र होइन, रियलको पनि हिरो खोजिरहेछ,
पर्दाको मात्र होइन,
वास्तविकताको पनि साहसी पात्र खोजिरहेछ ।

हरेक जेन्जीको रगतमा अब ‘हमाल–तत्व’उम्लिनैपर्छ,
देशद्रोहीको बिल्ला भिराऊन्, तर विद्रोही चेत जाग्नुपर्छ,
सिंहदरबारलाई प्रश्न गर्न, सत्ताको अहंकार चिर्न,
राष्ट्रहितको पक्षमा निर्भीकताका साथ उभिँन,
राजेश हमाल जस्ता धेरै ‘देशद्रोही’ जन्मिनुपर्छ,
हरेक घरबाट एउटा ‘राजेश हमाल’ ब्युँझिनुपर्छ !

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…