रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
+
-

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशन अनिश्तितकालका लागि स्थगित भएको छ। आज अधिवेशनको दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो।

शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति हुन नसकेपछि अधिवेशन स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जनाएका हुन्।

साहले जारी गरेको सूचनामा महोत्तरीका प्रतिनिधिसँग सल्लाह गरी तथा शान्ति सुरक्षालाई ख्याल गर्दै अर्को सूचना नभएसम्मका निम्ति अधिवेशन स्थगित गरिएको जनाइएको छ।

रास्वपा केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे सुडी, पूजा झा, मनिष साह, पार्टीको जिल्ला कार्यवाहक सभापति चन्द्र किशोर महतोले उक्त सूचनामा हस्ताक्षर गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…