‘आइतबारको बिदा खारेज हुँदैन’

‘आइतबारको बिदा खारेज हुँदैन’
+
-

काठमाडौँ – नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने चर्चा सत्य नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको चर्चा सामाजिक सञ्जालमा आएपछि प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन्। उनले भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन।’

यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्दै सरकारले चैत २२ हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो।

सरकार दुई दिन बिदा दिए पनि भने जस्तो इन्धनको खपतमा कमी नभएको बरु सेवाग्राहीले थप असुविधा भोगेको गुनासो आउन थालेका छन्। अरु सार्वजनिक बिदा यथावत राखेर आइतबार थप बिदा दिने सरकारको निर्णय हचुवा भएको टिप्पणी हुन थालेको छ।

-राससको सहयोगमा

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…