संसदको अवरोध खुलाउन सरकार उदासीन, छैन विपक्षी दलसँग संवाद

संसदको अवरोध खुलाउन सरकार उदासीन, छैन विपक्षी दलसँग संवाद
+
-
देशसञ्चार AI सारांश
  • जेठ १७ मा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिपछि विपक्षी दलहरुले माफीको माग गर्दै संसद अवरुद्ध गरेका छन्।
  • विपक्षी दलहरु प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ रेकर्डबाट नहटे वा माफी नमागेसम्म सदन खुलाउन इच्छुक छैनन्।
  • सरकारको उदासीनताको कारण विपक्षी दलहरूसँग संवाद नभएको भन्दै सभामुखले सोमबार प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्।

काठमाडौँ – संसद अवरोध खुलाउन सरकार उदासीन देखिएको छ। जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले रोष्ट्रमबाटै नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले माफी माग्नुपर्ने जनाउँदै संघीय संसदका दुवै सदनको काम कारबाही अवरुद्ध पार्दै आएका छन्।

संसदमा भारतीय पक्षले समेत आजसम्म दाबी गर्न नसकेको विवादस्पद अभिव्यक्ति दिएपछि त्यसको जवाफदेहिता खोज्दै विपक्ष दलहरु कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले संसदमा अवरोध गरेका छन्।

जेठ १८ र १९ गते पटकपटक बसेको दुवै सदनको बैठकलाई विपक्षी दलहरुले अवरुद्ध पारेका थिए। १९ गतेपछि करिब एक सातापछि बल्ल सोमबार (भोलि) बिहान ११ बजेका लागि संसदको बैठक आह्वान भएको छ। तर यसबीचमा संसदको अवरोध खुलाउन सरकारले विपक्षी दलहरुसँग कुनै संवाद नै नगरेको पाइएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको तर्फबाट आइतबार साँझसम्म कुराकानी नै नभएको बताइन्। उनले भनिन्, ‘सदनको अवरोध खुलाउन सरकारले अहिलेसम्म कुनै कुराकानी गरेका छैन। सरकारले उदासीनता देखाएको छ।’

सामान्यता संसदमा सरकारको जवाफदेहिता खोज्दै विपक्षी दल अवरोधमै उत्रेपछि संसदमा खुलाउन सरकारले विपक्षी दलहरुसँग कुनै न कुनै रुपमा संवाद गर्ने चलन हुन्छ।

सरकारले चासो नदेखाएको अवस्थामा सभामुखले प्रयास गर्नुपर्ने भए पनि डोलप्रसाद अर्याल पनि औपचारिकतामा सीमित भएका छन्। अर्यालले सोमबार बिहान ९ः३० प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्।

उक्त बैठकबाट सदन खुलाउने वातावरण बन्न नसक्ने नेकपाका प्रमुख सचेतक युवराज दुलाल बताउँछन्। ‘हामीले गलत कुरालाई रेकर्डबाट हटाइदिनुहोस् भनेर सभामुखलाई भनेका थियौँ। मान्नु भएन। उहाँले फेरि यसअघि अझै आग्रह गर्ने नै हो,’ दुलालले अगाडि भने, ‘प्रधानमन्त्रीले बोलेको गलत कुराका विषयमा जवाफदेही हुनै पर्छ।’

विपक्षी दलहरु प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ रेकर्डबाट नहटे वा माफी नमागेसम्म सदनको अवरोध खुलाउने पक्षमा छैनन्।

दुलालले भने, ‘माग पूरा नभएसम्म हाम्रो आन्दोलन यथावत रहन्छ।’

सरकारले सदन खुलाउन कुनै पहल नै नगरेको अवस्था सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले विपक्षी दलका समकक्षीहरुको मनसाय बुझ्ने कोसिस आइतबार गरेका थिए। उनले फोन गरेर सदन खुलाउन र नेताहरुलाई संवादमा राख्न आग्रह गरे पनि प्रधानमन्त्रीले बोलेका विषयमा उनैलाई जिम्मेवार बनाउने विषयलाई भने टार्न खोजेको बुझिएको छ।

विपक्षी दलहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने, कुटनीतिक अनभिज्ञता र अल्पज्ञान लिएर कुटनीतिक विषयमा बोल्न नहुने, रोष्ट्रमबाट नै फिर्ता लिई माफी माग्नुपर्ने माग राखेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…