‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८२’ राणा र रसाइलीलाई

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८२’ राणा र रसाइलीलाई
+
-
देशसञ्चार AI सारांश
  • ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८२’ गायिका मीरा राणा र संगीतकार सीके रसाइलीलाई एक लाख रूपैयाँ र ताम्रपत्र सहित प्रदान गरियो।
  • ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान–२०८२’ संगीतकर्मी दीपक थापा र अभिनेता पवन मैनालीलाई ५० हजार रूपैयाँ सहित प्रदान गरियो।
  • मीरा राणाले पुरस्कार रकम क्यानसर सर्भाइभर कलाकारलाई सहयोग गर्न क्यानसर समाजलाई हस्तान्तरण गर्ने बताइन्।

काठमाडौं – ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८२’ गायिका मीरा राणा र संगीतकार सीके रसाइलीलाई प्रदान गरिएको छ।

ललितपुरमा आइतबार कार्यक्रम आयोजना गर्दै भक्तराज आचार्य संगीत प्रतिष्ठानले राणा र रसाइलीलाई उक्त सम्मान प्रदान गरेको हो।

उनीहरूलाई नगद एक लाख रूपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो।

‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान–२०८२’ संगीतकर्मी दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ। उनीहरूलाई ५० हजार रूपैयाँसहित सम्मान गरिएको छ। उनीहरू दुवै अहिले अस्वस्थ छन्।

स्वास्थ्य उपचारमा आर्थिक सहयोग आवश्यक पर्ने कलाकारलाई यो पुरस्कार प्रोत्साहनस्वरुप प्रदान गरिँदै आएको छ।

पुरस्कार तथा सम्मान प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले प्रदान गरेका छन्।

सम्मान तथा पुरस्कार पाउने संगीतकर्मीले भजन शीरोमणि भक्तराज आचार्यका गीतरसंगीतले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदान र उनको कलाक्षमताको चर्चा गरेका थिए।

नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यानसर सर्भाइभर भएको भन्दै क्यानसर समाजका लागि उक्त पुरस्कार रकम हस्तानतरण गरेकी छन्।

उनकै पहलमा क्यानसर रोग लागेका कलाकारलाई सहयोग गर्न भन्दै हालै मात्रै क्यानसर समाज स्थापना गरिएको राणाले बताइन्। उनले उक्त समाजलाई आर्थिक सहयोग गर्न समेत आग्रह गरिन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…