अ
+
अ
अ
-
काठमाडौँ- पूर्वअर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निरन्तर अबरुद्ध हुनु राष्ट्र र जनताका लागि प्रत्युत्पादक हुने टिप्पणी गरेका छन्।
उनले सोमबार करिब एक सातापछि खुलेको प्रतिनिधिसभा बैठक पनि विपक्षीहरूको अवरोधपछि केहीबेरमै स्थगन भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘प्रतिनिधि सभा अवरुद्ध हुनु प्रत्युत्पादक हुन सक्छ. सर्वसाधारण विगतमा यस्ता घटनाहरूबाट आजित थिए, अहिले झन् बढी हुन सक्छन्।’
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहको संसद्मा सम्बोधनपछि प्रतिनिधिसभा निरन्तर अवरुद्ध हुँदै आएको छ। प्रधानमन्त्रीले सीमा विवादमा झनै विवादास्पद अभिव्यक्ति दिएपछि उनले स्पष्टीकरण दिनुपर्ने माग गर्दै विपक्षीहरूले लगातार संसद् अवरोध गर्दै आएका छन्।
भर्खरै
लोकप्रिय
