काठमाडौँ- पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह(बालेनले)ले उनलाई आज गृहमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ। स्रोतकाअनुसार गुरुङलाई आजै अपराह्न ३ बजे शपथ गराउने तयारी भइरहेको छ।
शपथ समारोहका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपति कार्यालयलाई आवश्यक तयारी गर्न जानकारी गराइसकेको बताइएको छ।
गुरुङले आफ्नो सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनको सम्पत्तिसम्बन्धी विवरण अध्ययन तथा छानबिन गर्न गठन गरिएको समितिले हालै प्रतिवेदन बुझाएको थियो।
छानबिन समितिले गत जेठ २२ गते प्रधानमन्त्री शाहलाई बुझाएको प्रतिवेदनमा गुरुङको सम्पत्तिमा कुनै गम्भीर कैफियत वा अनियमितता नदेखिएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा व्यक्तिगत कमजोरीभन्दा पनि प्रणालीगत सुधार आवश्यक रहेका विषयहरू औँल्याइएको उल्लेख छ।
भर्खरै
लोकप्रिय
