प्रधानमन्त्री शाह नेपाललाई सीमा अतिक्रमणकारी देशको रुपमा प्रमाणित गर्न लाग्नुभयोः निश्कल राई

प्रधानमन्त्री शाह नेपाललाई सीमा अतिक्रमणकारी देशको रुपमा प्रमाणित गर्न लाग्नुभयोः निश्कल राई
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह आफ्नो सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्न लागिपरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपाल विश्वको नजरमा सीमा आतिक्रमणकारी देश नभएको र बन्न नसक्ने बताए। सांसद राईले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने बताए।

उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउँदै नागरिकसमक्ष माफी माग्न सभामुख डोलप्रसाद अर्यालसमक्ष रुलिङको माग गरे।

उनले सरकार समर्थकलाई राष्ट्रघाति कदम प्रमाणित गर्न किन मन लाग्यो? भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘नेपालले छिमेकी देश भारतको कुनै पनि सीमा वा जमिन मिचेको छैन। नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन, बन्न सक्दैन। तर सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले समेत भारतको भूमि आक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ। सामाजिक सञ्जालमा उहाँका शुभचिन्तकहरूसमेत नभएका प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेका छन्। यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लाग्यो?’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…