अत्यावश्यक सेवामा सरकारले लगायो हड्ताल गर्न निषेध

अत्यावश्यक सेवामा सरकारले लगायो हड्ताल गर्न निषेध
+
-

काठमाडौँ- सरकारले विभिन्न अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ को अधिकार बमोजिम राजपत्रमा सूचना प्रकाशित गरेको हो।

सूचना अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ,अस्पताल, औषधी, फोहोरमैला व्यवस्थापन सम्बन्धि सेवा, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।

सरकारले सार्वजनिक हित र आधारभूत सेवा निरन्तर सञ्चालनमा राख्नुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न यो निर्णय गरिएको जनाएको छ।

अत्यावश्यक सेवामा अवरोध भएमा जनस्वास्थ्य, आपूर्ति व्यवस्था र समग्र अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकाले यस्तो व्यवस्था आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ।

यो निर्णयसँगै अब सूचीमा समावेश सेवा क्षेत्रहरूमा कुनै पनि प्रकारका हड्ताल वा सेवा अवरोध कानुनी रूपमा निषेधित हुने भएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…