इरानले अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकी आक्रमण

इरानले अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकी आक्रमण
+
-
देशसञ्चार AI सारांश
  • दुईमहिनापछि प्रत्यक्ष रुपमा आमुनेसामुने भएका अमेरिका र इरानबीच हेलिकोप्टर खसालिएपछि आक्रमण सुरु भएको छ।

  • अमेरिकी सेनाले इरानी आक्रमणको जवाफमा विभिन्न सैन्य लक्ष्यलाई लक्षित गरेर विस्तृत आक्रमण गरेको जनाएको छ।

  • इरानले अमेरिकी आक्रमणलाई जवाफविहीन नराख्ने चेतावनी दिँदै शान्ति वार्तामा पनि संकट देखिएको बताउँदै आएको छ।

दुईमहिना लामो युद्ध विरामपछि प्रत्यक्ष रुपमा अमेरिका र इरान आमुनेसामुने भएका छन्। इरानले ‘स्ट्रेट अफ हर्मुज’माथि उडिरहेको अमेरिकी हेलिकप्टर खसालेपछि जवाफमा अमेरिकाले पनि इरानको विभिन्न स्थानमा आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाइलट सुरक्षित रहेको जानकारी गराउँदै अमेरिकाले यो आक्रमणको जवाफ दिने बताएका थिए। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मंगलबार साँझ ५ बजे (अमेरिकी पूर्वी समय) बाट इरानका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण सुरु गरिएको हो। सेनाले यसलाई ‘इरानको अनुचित आक्रमणको समानुपातिक जवाफ’ भनेको छ।

हर्मुज जलडमरूमध्य नजिक खसालिएको अमेरिकी एएच-६४ अपाचे हेलिकोप्टरका दुई चालकलाई भने अमेरिकी नौसैनिक मानवरहित समुद्री ड्रोनले उद्धार गरेको सेनाले जनाएको छ। अमेरिकी सेनाले यस्तो प्रकारको ड्रोन प्रयोग गरेर उद्धार गरिएको सार्वजनिक रूपमा स्वीकारेको यो पहिलो घटना हो।

अमेरिकी अधिकारीहरूका अनुसार हेलिकोप्टरमाथि इरानले ड्रोनमार्फत आक्रमण गरेको थियो। अमेरिकी समाचार पोर्टल एक्सियसका अनुसार नयाँ आक्रमण मुख्य रूपमा इरानका रक्षा तथा राडार प्रणालीहरूलाई लक्षित गरेर गरिएको थियो।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, क्वेस्म आइसल्यान्ड र सिरिक लगायतका क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन। ट्रम्पले एबीसीसँग कुरा गर्दै,’यो उनीहरूले हाम्रो हेलिकप्टरमाथि गरेको आक्रमणको प्रतिक्रिया हो। जवाफ बलियो र शक्तिशाली हुनुपर्थ्यो र हामीले त्यही गरेका छौँ’ भनेका छन्।

इरानको चेतावनी
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको कडा प्रतिक्रिया दिँदै इरानले कुनै पनि आक्रमण वा धम्कीलाई जवाफविहीन नछाड्ने चेतावनी दिएका छन्। उनले समाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युद्धभूमिमा पराजय भोगिसकेपछि अमेरिकाले हाम्रो दृढताको परीक्षा लिन खोजेको छ।’

वार्ता संकटमा
अमेरिका र इरानबीच जारी शान्तिवार्ताका प्रमुख इरानी प्रतिनिधि मोहमम्द बकिर क्वालिबाफले पनि प्रतिकारको संकेत दिएका छन्। उनले भने, ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौँ, तर अन्य भाषा झन् राम्रोसँग बोल्न जान्दछौँ। यदि तपाईंले आफ्ना प्रतिबद्धता तोड्नुभयो भने, हामी आफूलाई सबैभन्दा राम्रो आउने भाषामा बोल्नेछौँ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…