काठमाडौं- नेपालको टी-२0 अन्तर्राष्ट्रिय टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले अलराउन्डर तर्फ उच्च रेटिङ सहित चौंथो स्थानमा उक्लिएका छन्।
दीपेन्द्र आईसीसीले सार्वजानिक गरेको टी-२०आई अलराउन्डर तर्फको वरियतामा एक स्थान सुधार गरेर चौंथो स्थानमा उक्लिए।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा उक्लिएका हुन्। उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट बनेको । उनले २ सय ५६ रेटिङ अंक हासिल गरे।
नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहेर च्याम्पियन बनेको थियो। एसियन गेम्स छनोटमा दीपेन्द्रले ब्याटिङको खासै अवसर पाएनन् । नेपालले खेलेका चार खेलमध्ये दुई खेलमा ब्याटिङ गरेका उनले ४० रन बनाए भने ४ विकेट लिएका थिए।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन्। उनी ३ सय २८ रेटिङ अंकका साथ शीर्ष स्थानमा रहेका छन्। त्यस्तै भारतका हार्दिक पान्ड्या दोस्रो स्थानमा कायम रहँदा तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन्। त्यस्तै अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ चौथोबाट पाँचौंमा स्थानमा झरेका छन्। उनलाई दीपेन्द्रले उछिन्न सफल भए।
भर्खरै
लोकप्रिय
