धनगढी- कैलालीको गोदावरी नदिमा आएको बाढीले दुई जना महिलालाई बगाएको छ । गए राति परेको अविरल वर्षाले गोदावरी नदीमा आएको बाढीमा गोदावरी नगरपालिका वडा नं. ४ का २ जनाको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएस्पी हिरा सिंह महरालले दिएको जानकारीअनुसार गोदावरी नदीमा पहाडमा परेको अविरल वर्षाका कारण आएको बाढीले दुई जना महिलालाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको र खोजतलासका क्रममा गोदावरी- ४ स्थित
मसानघाट नजिकै ५५ वर्षीया महेश्वरी धमला मृत अवस्थामा फेला परेकी छन् भने ४० वर्षीया कल्पना साउँदलाई खोलाले बगाएको पुष्टि भएको छ। उनीहरू बिहान च्याउ टिप्न जंगल गएको बुझिएको छ।
डिएस्पी महराकाअनुसार थप प्रहरी टोली परिचालन गरी खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट गोदावरीबाट करिब १ किलोमिटर पश्चिममा पर्छ।
प्रहरीले स्थानीयसँग समन्वय गर्दै थप विवरण संकलन गरिरहेको जनाएको छ।
भर्खरै
लोकप्रिय
