विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र फेसबुक म्यासेन्जरमा शुक्रबार साँझदेखि प्राविधिक समस्या देखिएको छ।
वेबसाइटहरूको गढबढीबारे निगरानी राख्ने संस्था ‘डाउनडिटेक्टर’ (Downdetector) का अनुसार विश्वका अधिकांश स्थानहरूमा नेपाली समयअनुसार शुक्रबार साँझ ७ बजेर १५ मिनेटदेखि यी सामाजिक सञ्जालहरूमा एक्कासि समस्या आएको हो।
फेसबुकका धेरैजसो प्रयोगकर्ताहरूले लग-इन गर्नसमेत सकेका छैनन्। थुप्रै नेपाली प्रयोगकर्ताहरूले पनि यो समस्याको बारेमा सार्वजनिक गरेका छन्।
लग-इन गर्न खोज्दा स्क्रिनमा This page isn’t available right now भन्ने सन्देश देखिने गरेको छ।
उता इन्स्टाग्राममा पनि प्रयोगकर्ताहरूको फिड र पेजहरू लोड हुन छाडेका छन्।
त्यस्तै ्म्यासेन्जर पनि डाउन भएको छ।
फेसबुकको मातृ कम्पनी मेटाले यी एप्लिकेसनहरूमा आएको यो समस्या कहिलेसम्म समाधान होला भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
भर्खरै
लोकप्रिय
