टेम्पो भीरबाट खसाल्ने वन कर्मचारीसँग प्रशासनको सोधपुछ

टेम्पो भीरबाट खसाल्ने वन कर्मचारीसँग प्रशासनको सोधपुछ
+
-

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनाका बारेमा जिल्ला प्रशासन कार्यालय कैलालीले सोधपुछ गरेको छ।

घटनामा संलग्न रहेको आशंकामा ११ जना वन कर्मचारीसँग सोधपुछ गरिएको प्रहरीले जनाएकाे छ। शनिबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको छ।

घटनाबारे अनुसन्धान अगाडि बढाउने क्रममा जिल्ला प्रहरीले वन कार्यालयका ११ जना कर्मचारीलाई बोलाएर बयान लिएको हो।

प्रहरीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षसँग सोधपुछ भइरहेको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएको थिए। उनले आफूले टेम्पो घर लैजाने र अब त्यहाँ व्यापार नगर्ने भन्दाभन्दै पनि कर्मचारीले नसुनी टेम्पो भीरमा खसालेको बताएकी छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…