भूम्या पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको सन्देश दिएको छः मुख्यमन्त्री आचार्य

भूम्या पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको सन्देश दिएको छः मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने सन्देश दिएको बताए।
  • भूम्या पर्व पुस्तौंदेखि संरक्षण गर्दै आएको संस्कार भएको र प्रगाढ मानव-प्रकृति सम्बन्धलाई जोडने विश्वास व्यक्त गरे।
  • सांस्कृतिक विविधता नेपालको पहिचान भएको र यसको संरक्षण तथा प्रवर्द्धन सबैको साझा दायित्व भएको जनाए।

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।

भूम्या पर्व २०८३ का अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरेका हुन् ।

उनले विशेषगरी रोल्पा, दाङ, प्यूठान तथा रुकुम पूर्वी भागलगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूम्या पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।

उनले सांस्कृतिक विविधता नेपालको साझा सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको धारणा राखे। उनले भूम्या पर्वले भूमि, कृषि तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो विकासको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै यस पर्वले सबैमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्दै समृद्ध लुम्बिनी प्रदेश निर्माणमा थप ऊर्जा प्रदान गर्ने कामना गरे । लुम्बिनी प्रदे सरकारले दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान जिल्लामा सम्बन्धीत समुदायलाइ सार्वजनिक विदा दिएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…