अ
+
अ
अ
-
प्युठान – प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-५ काटेमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आज अपराह्न करिब ३ बजे जनता प्राथमिक विद्यालय काटेबाट पढेर घर फर्किने क्रममा स्थानीय यामबहादुर खत्रीका छोरा १० वर्षका मिलन खत्री र ७ वर्षका विमल खत्री जोगी पनेरा खोला तर्ने क्रममा बगेका थिए।
खोलाले बगाएका दुवै बालकमध्ये विमल खत्रीलाई घटनास्थलबाट करिब २०० मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। मिलन खत्री भने हालसम्म बेपत्ता रहेका छन्।
प्रहरी निरीक्षक दिपेश चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा बेपत्ता बालकको खोजी कार्य जारी राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
