मोरङ – कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम)ले उत्कृष्ट नतिजा ल्याएको छ।
बिकेभिएमका ३३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। जसमध्ये तीन जना विद्यार्थीले ३.९४ जिपिए हासिल गरेका छन्।
स्कुलका प्रिन्सिपल रविनकुमार दाहालका अनुसार म्यानेजमेन्ट संकायबाट सायना भट्टराई, बायो साइन्सबाट सौगात पोखरेल र कम्प्युटर साइन्सतर्फबाट शिवानन्द यादवले ३.९४ जिपिए ल्याएका हुन्।

विद्यार्थीको मेहतन र लगनसँगै शैक्षिक वातावरणबाट नतिजा राम्रो आएको दाहालले बताए। विद्यालयले कक्षा १२ को नतिजामा राम्रो स्थान पाएको उनले बताए।
उनले विद्यालयबाट परीक्षा दिएकामध्ये ९४ जना विद्यार्थीले ‘ए प्लस’को स्थान हासिल गरेको जानकारी दिए।
त्यसैगरी, १६५ जनाले ‘ए’ स्थान ल्याउँदा ६३ जनाले ‘बी प्लस’ ल्याएका छन्। यसअघि २०८१ को नतिजामा यस स्कुलका सिर्जन घिमिरे ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएका थिए।
भर्खरै
लोकप्रिय
