लाम्पाटा झडपका २१ जना आरोपी प्रहरी नियन्त्रणमा

लाम्पाटा झडपका २१ जना आरोपी प्रहरी नियन्त्रणमा
+
-
देशसञ्चार AI सारांश
  • सिमाना विवादमा संलग्न खार्पुनाथ गाउँपालिकाका २१ जनालाई हुम्ला प्रहरीले पक्राउ गरी वाजुरा पठाएको छ।

  • जेठ ३ गते लामापाटामा झडप हुँदा घाइते भएकाहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।

  • पक्राउ परेकालाई वाजुरा लगेर अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

सिमकोट– बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रानीसैन–च्याँचौर लामापाटा क्षेत्रको सीमा विवादलाई लिएर गत जेठ ३ गते खार्पुनाथ गाउँपालिकाका स्थानीय र वाजुराको हिमाली गाउँपालिकाका स्थानीयबीच लाम्पाटामा भएको झडप घाईते भएकाहरुको उजुरीका आधारमा हुम्ला प्रहरीले किटान जाहेरी भएका मध्य २१ जनालाई शुक्रबार वाजुरा पठाएको हो।

घटनापछि उनीहरूको खोजी कार्य जारी रहेकामा हुम्ला प्रहरीले पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार पक्राउ परेकालाई थप अनुसन्धानका लागि बाजुरा लगिएको हो।

शुक्रबार अनुसन्धानलाई सहयोग गर्ने भन्दै २१ जना आरोपी जिल्ला प्रहरी कार्यालयमा हुम्लामा पुगेका थिए। त्यसपछि प्रहरी प्रकृया पुरा गरेर वाजुरातर्फ लगेको थियो। दुई जिल्लाको सिमाना कवाडीमा हुम्ला प्रहरीले वाजुरा प्रहरीलाई आरोपीलाई जिम्मा लगाएको हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए।

गत जेठको पहिलो साता सुदुर पश्च्मि प्रदेश सरकारको चालीस लाख रुपियाँको लागतमा लामापाटामा अस्थायी प्रहरी चौकी भवन निर्माणको काम सुरु गरिएको थियो।

हिुम्लाको भूमिमा प्रहरी चौकी निर्माण गरेको विरोध गर्दै खार्पुनाथ गाउँपालिकाका केही स्थानीय लामापाटा पुगेका थिए। त्यसपछि दोहोरा झडप भएको थियो।घटनामा मेपागार गुरुङ, लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ र मीन कुँवर घाइते भएका थिए।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय वाजुरामा ल्याएपछि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ।

घटनाको आरोपी २३ जना भएपछि एक जना सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिद्ध कार्की सो घटना भएको बेला सो स्थानमा नभएको र उनी पछिल्लो दिन जिल्ला प्रहरी कायाृलयका प्मरी निरीक्षकको टोलीलाई सहयोग गर्दै लाम्पाटा पुगेको थियो। अर्का एक जना १४ वर्षका बालक भएको कारण हुम्ला प्रहरीले उनलाई नियन्त्रण नलिएको जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…