विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँ उपत्यकामा वैदेशिक रोजगारीको मागदाबी गर्दै लाखौँ ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।
  • पक्राउ परेकाले विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठुलो रकम असुलेर सम्पर्क टुटाएको आरोप छ।
  • अनुसन्धानका लागि सबै पक्राउ परेकालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै रु १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै रु १३ लाख ३० हजार, सुक देवले सर्विया पठाइदिन्छु भन्दै रु १३ लाख, मनिषले युके पठाइदिन्छु भन्दै रु दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै रु दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले युके पठाइदिन्छु भन्दै रु १२ लाख ६३ हजार लिएर सम्पर्कबिहीन भएको प्रहरीको भनाइ छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…