चीनमा भारी वर्षाका कारण ९ हजारभन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

चीनमा भारी वर्षाका कारण ९ हजारभन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
+
-

दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन्।

प्रभावित क्षेत्रहरूमध्ये कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गरी विद्यालयहरू बन्द गर्न आदेश दिएको जनाइएको छ।

अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ।

वर्षाले प्रान्तका केही भागहरूमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ भने जिुली आपूर्ति पुनःस्थापना गर्न एक हजारभन्दा बढी पावर ग्रिड मर्मतकर्मीहरू परिचालन गरिएको जनाइएको छ।

प्रान्तीय मौसम विज्ञान विधागका अनुसार सोमबार देखि मङ्गलबार सम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी–स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ, जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…