विस्थापित सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप

विस्थापित सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
+
-
देशसञ्चार AI सारांश
  • विस्थापित सुकुम्वासीहरूलाई होल्डिङ सेन्टर छाड्न असार १९ गतेसम्मको म्याद थप गरिएको छ।
  • सरकारले विस्थापितलाई पहिलो किस्ता रु २५ हजार र तीन महिनासम्म मासिक रु १५ हजार दिने निर्णय गरेको छ।
  • सुकुम्वासीहरूले होल्डिङ सेन्टर छाड्न नसकिने भन्दै पुरानै ठाउँमा फर्कने चेतावनी दिएका छन्।

काठमाडौँ– विस्थापित सुकुम्वासीहरूलाई बसाइएको ठाउँ (होल्डिङ सेन्टर) छाड्न सात दिनको म्याद थप भएको छ।

यसअघि असार १२ गतेसम्म होल्डिङ सेन्टर छाड्न उर्दी गरिएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अर्को सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको हो।

घर भाडा प्राप्त गर्ने समय अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि उक्त निर्णयमा लचकता अपनाइएको समितिले जनाएको छ। सूचनामा विस्थापित परिवारहरूलाई रकम प्राप्तिका लागि असार १५ गतेभित्र निवेदन दिन आह्वानसमेत गरिएको छ।

गत वैशाख १२, १३, १९ र २० गते उपत्यकाभित्रका नदी किनाराका सुकुम्वासी बस्तीहरू सेनाको गस्ती गराएर सरकारले डोजर चलाएको थियो।

त्यहाँबाट विस्थापित भएका सुकुम्वासीहरूलाई काठमाडौँ, भक्तपुरका साथै काभ्रेकासम्मका होल्डिङ सेन्टरमा राखिएको छ। सबै ठाउँका होल्डिङ सेन्टर खाली गर्न समितिले भनेको छ।

सरकारले होल्डिङ सेन्टर छाडेर आफै कोठा व्यवस्थापन गर्न पनि भनेको छ। कोठामा बस्नेका लागि पहिलो किस्ताकारुपमा रु २५ हजार र त्यसपछि तीन महिनाका लागि रु १५ हजार रुपैयाँ मासिक दिने निर्णय भएको छ।

तर सुकुम्वासीहरूले व्यवस्थापन नगरी होल्डिङ सेन्टर खाली नगर्ने बताएका छन्। उनीहरूले होल्डिङ सेन्टर छाड्नु परे फेरि पुरानै ठाउँमा गएर बस्ने चेतावनी पनि दिएका छन्।

सरकारवाला निकायले भने व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट नउठाउन सरकारलाई आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

विस्थापित सुकुम्वासीप्रति बालेन सरकारको वक्रदृष्टि- उठिबास नै लगाउने तयारी

विस्थापित सुकुम्वासीप्रति बालेन सरकारको वक्रदृष्टि- उठिबास नै लगाउने तयारी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…