दाङमा खडेरीले सुकायो मकैबाली, किसान चिन्तित

दाङमा खडेरीले सुकायो मकैबाली, किसान चिन्तित
+
-

दाङ- लगातार वर्षा नहुँदा दाङका विभिन्न स्थानमा लगाइएको मकैबाली खडेरीका कारण सुक्न थालेको छ । विशेषगरी सिँचाइ सुविधा नपुगेका तथा आकाशे पानीको भरमा खेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन् ।

राजपुर गाउँपालिका- ७ का सिक्टा, लैवरुवा लगायतका बस्तीमा केही साताअघि लगाइएको मकै पर्याप्त पानी नपाउँदा बोट नै ओइलाउन थालेको छ । पानीको अभावका कारण मकैको वृद्धि रोकिएको छ भने धेरै ठाउँमा बाली पूर्ण रूपमा सुक्ने अवस्थामा पुगेको किसानहरूले बताएका छन् ।

यस वर्ष समयमै वर्षा हुने अपेक्षामा किसानहरूले मकै रोपे पनि लामो समयसम्म पानी नपरेपछि उत्पादन गुम्ने चिन्ता बढेको छ । अधिकांश किसानसँग वैकल्पिक सिँचाइको व्यवस्था नभएकाले आकाशबाट पानी पर्ने आशामै खेत छाड्न बाध्य भएका छन् ।

स्थानीय किसानका अनुसार अहिलेको अवस्थामा केही दिनभित्र राम्रो वर्षा नभए मकैबाली जोगाउन कठिन हुने अवस्था छ । खडेरी लम्बिए खाद्यान्न उत्पादनमा समेत असर पर्ने उनीहरूको भनाइ छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…