माैरीपालनमा रमेका आशिष (तस्बिरसहित)

माैरीपालनमा रमेका आशिष (तस्बिरसहित)
+
-

माैरीकाे भुनभुन आवाजकाे बीचमा आशिष पाैडेल केही खाजिरहेका थिए, जेठकाे अन्तिम सातातिर। नवलपुर प्रगतिनगरका पाैडेलकाे टाउकोदेखि घाँटीसम्म सेतो रङको टोपीले छाेपिएकाे थियाे। माैरीले टाेक्न नसकाेस् भनेर।

घाँटीसम्मै टाेपी लगाएपछि अब उनलाई माैरीले टाेक्ने छैन। र त ढुक्कका साथ थुप्रै माैरीकाे भुनभुनकाे बीचमा पनि उनले रानी माेरी खाेजिरहेका थिए।

उनले माैरीपालन गर्न थालेको ५ वर्ष बितेकाे छ। उनीसँग हाल ७५-८० घार माैरी छन्। तिनकै स्याहारमा उनले दैनिक समय खर्चने गरेका छन्।

उनका लागि माैरी आयस्राेतकाे आधार बनेकाे छ। उनले ५ लाख लगानीबाट माैरी पालन सुरू गरेकाे बताए। उनका अनुसार राम्राे भयो भने वर्षमा ६ पटकसम्म मह काढ्न मिल्छ।

रुदिलोको महकाे माग रहेकाे उनले बताए। ‘राम्राे रूदिलाेकाे मह भए पनि यसको मह एकपटक मात्रै काढ्न मिल्छ´, पाैडेलले भने।

उनको अधिकांश मह गाउँ घरमा नै खपत हुने गरेको छ । ताेरीको फूलको भन्दा रूदिलोको मह केही महँगो पनि छ । गएको वर्ष उनले करिब एक हजार किलोजति मह उत्पादन गरेका थिए।

पाैडेलले गाडी मर्मत गर्ने पसल पनि चलाइरहेका छन्। उनी भन्छन्, ‘मलाई पनि मौरी जसरी मेहनत गर्न मन लाग्छ।’ माैरीलाई मेहनती जीव मानिन्छ।

माैरीलाई उनले प्राय: आफ्नो घर वारीपरीको जंगल छेउछाउ राख्ने गरेको बताए। तर यसपटक भने चितवनतिर पनि लगेको उनले जानकारी दिए।

नेपालको हावापानी मौरीपालनका लागि अत्यन्तै उपयुक्त छ। नेपालका तराई, भित्री मधेसदेखि मध्यपहाडी क्षेत्रसम्म मौरीपालन गरिन्छ। झापा, सर्लाही, चितवन, नवलपरासी , दाङ, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोकलगायतका जिल्ला माैरीपालनको लागि राम्राे मानिन्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…