प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर सवार गाडी दुर्घटना

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर सवार गाडी दुर्घटना
+
-

दाङ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर सवार गाडी दुर्घटना भएको छ।

५० वर्षीय उपमेयर मिनराज राना मगर आफैले गाडी चलाएका थिए। गाडी झन्डै ३०० मिटरभन्दा तल पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए।

शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु प्र ०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए। उनी गाडीमा एक्लै थिए। उपमेयर मगर गाडीसँगै तल खसेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्मा नेतृत्वको टोली खटिएको छ।

घटनास्थल अस्थायी प्रहरी पोष्ट खालबाट अन्दाजी ९ किलोमिटर उत्तरपूर्व रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…