फिफा विश्वकप २०२६: पानामालाई हराउँदै इंग्ल्यान्ड समूह ‘एल’को विजेता

फिफा विश्वकप २०२६: पानामालाई हराउँदै इंग्ल्यान्ड समूह ‘एल’को विजेता
+
-

काठमाडौं- इंग्ल्यान्ड फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको रोमान्चक खेलमा पानामालाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले समूहको शीर्ष स्थान पक्का गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको ६२औं मिनेटमा जुड बेलिङ्घमले सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको ठीक ५ मिनेटपछि, अर्थात् ६७औं मिनेटमा कप्तान ह्यारी केनले अर्को गोल थप्दै इंग्ल्यान्डको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र इंग्ल्यान्ड २–० ले विजयी भयो । पानामा भने यस खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलबाट कुल ७ अंक जोड्दै समूह ‘एल’ को शीर्ष स्थान ओगटेको छ । यही समूहबाट ६ अंक जोडेको क्रोएसिया दोस्रो स्थानमा र ४ अंक बनाएको घाना तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भएका छन् ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…