जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकृत

जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकृत
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास त्यहाँको सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

अमेरिकी सर्वोच्च अदालतले एक शताब्दीभन्दा लामो कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुनर्पुष्टि गर्दै अमेरिकी भूमिमा जन्मिएका शिशुहरू स्वत: अमेरिकी नागरिक हुने व्यवस्था कायम राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नै जारी गरेको आदेशलाई कायम राख्न अदालतसँग आग्रह गरेका थिए।

यस मुद्दाको मौखिक बहसमा उनी आफैँ उपस्थित थिए।

यससम्बन्धी फैसला लेख्दै प्रधानन्यायाधीश जोन रोबर्टसले भनेका छन्- ‘नागरिकता भनेको अधिकारहरू प्राप्त गर्ने अधिकार हो– हाम्रो राजनीतिक समुदायमा स्वतन्त्र रूपमा सहभागी हुने अधिकार । चौधौं संशोधनका निर्माताहरूले यो प्रतिज्ञा यस भूमिमा स्वतन्त्र रूपमा जन्मिने प्रत्येक व्यक्तिसम्म विस्तार गरेका थिए । आज हामी त्यही प्रतिज्ञालाई कायम राख्छौँ ।’

यस निर्णयप्रति न्यायाधीशहरू केलेरेन्स थोमस, नेल गोर्सच र स्यामुअल अल्टिटोले भने असहमति जनाएका छन्।

अवैध रूपमा बसेका आप्रवासी, पर्यटक वा विदेशी विद्यार्थीका सन्तान चौधौं संशोधनअन्तर्गत अमेरिकी नागरिक बन्न योग्य नहुने ट्रम्प प्रशासनको तर्कलाई अदालतले अस्वीकार गरेको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…