भेनेजुएलामा भूकम्पको ६ दिनपछि एक बालकको जीवितै उद्धार, मृतकको संख्या २ हजार नजिक

भेनेजुएलामा भूकम्पको ६ दिनपछि एक बालकको जीवितै उद्धार, मृतकको संख्या २ हजार नजिक
+
-
देशसञ्चार AI सारांश
  • भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा १,९४३ जनाको मृत्यु र १० हजारभन्दा बढी घाइते भएका छन्, दशौँ हजार अझै सम्पर्कविहीन छन्।
  • तीन वर्षीय बालकलाई जोर्डनको उद्धार टोलीले ६ दिनपछि भग्नावशेषबाट जीवितै उद्धार गर्दा स्थानीयहरूले राहत महसुस गरेका छन्।
  • संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले खाद्यान्न, आश्रय, तथा स्वास्थ्य सेवामा तत्काल सहायता आवश्यक रहेको चेतावनी दिएका छन्।

भेनेजुएलामा गएको विनाशकारी भूकम्पले पुर्याएको त्रासदीपूर्ण अवस्था कल्पना बाहिर छ। यस्तोमा भूकम्प गएको ६ दिनपछि भग्नावशेषबाट तीन वर्षीय एक बालकलाई जीवितै उद्धार गरिएको छ। जसले आफन्तको आशा मारेका नागरिकहरुलाई फेरी आशातित बनाएको छ। जोर्डनको उद्धार टोलीले ती बालकलाई सुरक्षित बाहिर निकालेको जनाएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उद्धारकर्मीहरू खुशी व्यक्त गर्दै बालकलाई भग्नावशेषबाट बाहिर निकालिरहेको दृश्य देखिन्छ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति जर्ज रोड्रिगेजका अनुसार ती बालकको नाम क्लाइबर मोरान हो।

उप-राष्ट्रपति डेल्सी रोड्रिगेजले बालकको उद्धारलाई ‘आशाको क्षण’ भन्दै प्रशंसा गरेकी छन्।

मृतक संख्या पुग्यो २ हजार नजिक
संयुक्त राष्ट्रसंघ (यूएन)ले दशौँ हजार मानिसलाई तत्काल खाद्यान्न र आश्रयको आवश्यकता रहेको चेतावनी दिएको छ। गत साता ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पका कारण हालसम्म १,९४३ जनाको मृत्यु भएको छ। १० हजारभन्दा बढी घाइते भएका छन् भने दशौँ हजार मानिस अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

नासाले उपग्रह तथ्यांकका आधारमा गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार भूकम्पले ५८ हजार ८७० वटा भवनमा क्षति पुर्यााएको वा पूर्ण रूपमा ध्वस्त पारेको हुनसक्ने अनुमान गरिएको छ।

अस्पतालमा उपचार, स्वास्थ्य अवस्था स्थिर
जोर्डनको नागरिक सुरक्षा विभागका अनुसार क्लाइबरलाई उद्धारलगत्तै प्राथमिक उपचार प्रदान गरिएको थियो। त्यसपछि उनलाई अस्पताल लगिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार बालकको राजधानी काराकासस्थित अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पपछि भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवित भेट्ने सम्भावना सबैभन्दा बढी पहिलो ७२ घण्टाभित्र हुने विज्ञहरू बताउँछन्। तर क्लाइबरलाई ६ दिनपछि जीवित उद्धार गरिनु असाधारण सफलता मानिएको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला गुआइरामा स्थानीय बासिन्दाहरू आफैं उद्धार कार्यमा जुटिरहेका छन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर) का अनुसार ला गुआइरामा खाद्यान्नको अभाव व्यापक बनेको छ। आधारभूत सेवा प्रणाली ठप्प भएको छ भने सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा अवरुद्ध छ।

यूएनएचसीआरले सहायता पुग्न नसक्दा समुदायभित्र तनाव बढ्दै गएको जनाएको छ। ला गुआइराकी १८ वर्षीया विक्रेता डानिएला आर्मासले समाचार संस्था एएफपीसँग कुरा गर्दै केही राहत सामग्री वितरण भइरहेको भए पनि पर्याप्त नभएको बताइन्।

‘कहिलेकाहीँ खाना पाउन मानिसहरू एकअर्कामाथि नै जाइलाग्छन्। अवस्था कुखुराको जुधाइ जस्तै बनेको छ।’ यूएनएचसीआरले आगामी छ महिनासम्म ३० हजार भूकम्पपीडितलाई सुरक्षा, राहत सामग्री र अस्थायी आवास उपलब्ध गराउन प्रारम्भिक रूपमा १ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ।

महामारीको जोखिम बढ्दै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वास्थ्य सेवा प्रणाली अत्यधिक दबाबमा रहेको जनाएको छ। डब्लुएचओका प्रवक्ता क्रिस्टियन लिन्डमेयरका अनुसार खोपको पहुँच कम भएका कारण दादुरा (मिजल्स) र डिप्थेरिया जस्ता खोपबाट रोक्न सकिने रोग फैलिने जोखिम बढेको छ। त्यसैले स्वास्थ्य सेवामा तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको डब्लुएचओले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…