संविधान र गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्ष कैद सजाय प्रस्ताव

संविधान र गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्ष कैद सजाय प्रस्ताव
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय । फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • सरकारले संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रूपमा परिभाषित गर्ने प्रस्ताव अघि सारेको छ।
  • प्रस्तावअनुसार, संविधान र गणतन्त्रको विरोध गर्ने मानिसलाई जन्मकैदको सजाय हुने व्यवस्था राखिनेछ।
  • बालबालिकाको न्यूनतम सजाय उमेर दह वर्षबाट बाह्र वर्ष पुर्याउन संशोधन प्रस्ताव गरिएको छ।

काठमाडौँ – सरकारले नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्ताव गरेको छ।

सरकारले अपराध संहिता २०७४ लाई संशोधन गर्दै राज्यविरुद्धको जघन्य कसुरका रुपमा परिभाषित गर्ने प्रक्रिया अघि बढाएको हो।

अपराध संहितालाई संशोधन गर्ने विधेयक सार्वजनिक जानकारी र सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा राज्यविरुद्धको कसुरको परिभाषाभित्र संविधान र गणतन्त्रविरुद्धको गतिविधिलाई पनि समेट्न लागेको हो।

अपराध संहिताको दफा दफा ४९ (१) मा हाल नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हातहतियार र खरखजना जम्मा गर्न, हतियारसहित सैनिक वा अर्थसैनिक संगठन निर्माण गर्न नहुने उल्लेख छ।

अपराध संहितको दफा ४९ (१) को साविक व्यवस्था।

कायम रहेको उक्त व्यवस्थामा मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा ‘नेपालको संविधान वा लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा विद्रोह गर्ने, गराउने वा बल प्रयोग गर्ने’ शब्द थप गर्न प्रस्ताव गरेको हो। जसले नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रको विरोध गर्ने कार्यलाई राज्यविरुद्धको जघन्य कसुरका रुपमा कानुन मान्यता दिनेछ।

यदि प्रस्तावअनुसार कानुन संशोधन भएमा संविधान र गणतन्त्रको विरोध गर्ने, राजनीतिक वा अन्य गतिविधि गर्नेलाई जन्मकैदको सजाय हुनेछ। प्रचलित कानुनअनुसार जन्मकैदको सजाय २५ वर्ष हुने व्यवस्था छ।

संशोधन विधेयकमा क्षतिपूर्तिलाई सजायबाट झिक्ने प्रस्ताव गरिएको छ। हाल पीडकले पीडितलाई दिने क्षतिपूर्तिलाई पनि सजायका रुपमा मान्यता दिँदै आएकोमा अब भने त्यसलाई उक्त सूचीबाट हटाउन प्रस्ताव गरेको छ।

त्यस्तै बालबालिकाले कसुर गर्दा सजाय हुने अधिकतम वर्ष सीमालाई पनि संशोधन गर्ने प्रस्ताव गरिएको छ।

अपराध संहितको दफा ४५ ले दश वर्षसम्म उमेर भएका बालबालिकाले जस्तो सुकै कसुर गरे पनि सजाय नहुने व्यवस्था गरेको छ। अब दश वर्षको न्युनतम हदलाई १२ वर्ष पुर्याउन प्रस्ताव गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…