- काठमाडौँ- विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आगामी भर्सन ४.५ अपडेटमार्फत नारुटो शिप्पुडेनसँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।
- गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले र विशेष फिचरहरूको अनुभव गर्न सक्नेछन् ।
- सहकार्यअन्तर्गत नारुटोका लोकप्रिय पात्रहरू आधारभूत क्यारेक्टर सेटमा उपलब्ध हुनेछन् भने विशेष बोस फाइटको अवसर पनि पाउनेछन् ।
काठमाडौँ- विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइल (PUBG MOBILE) ले आफ्नो आगामी भर्सन ४.५ अपडेट मार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन (NARUTO SHIPPUDEN) सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।
जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन-गेम अनुभव प्राप्त गर्नेछन् ।
विश्वका सर्वाधिक लोकप्रिय मोबाइल गेममध्ये पर्ने पब्जी मोबाइल र सांस्कृतिक रूपमा अत्यन्त प्रभावशाली एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेनबीचको यो सहकार्य पब्जी मोबाइलको आठ वर्षे इतिहासकै सबैभन्दा महत्वाकांक्षी सहकार्यमध्ये एक मानिएको छ ।
नारुटो प्रोडक्सन कमिटी (Naruto Production Committee) को प्रत्यक्ष सुपरिवेक्षणमा तयार गरिएको यस सहकार्यअन्तर्गत गेमरहरूले हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्याली लगायत नारुटोको कथामा विशेष महत्व राख्ने स्थानहरूको अनुभव गर्न सक्नेछन् ।
यसका साथै, गेमरहरूले चिडोरी, रासेङ्गन, स्याडो क्लोन र फ्लाइङ राइजिन जुत्सु जस्ता चर्चित निन्जुत्सु सीपहरू प्रयोग गर्न पाउनेछन् भने नारुटोको कथाको केन्द्रमा रहेको चर्चित पात्र द नाइन टेल्स (The Nine Tails) विरुद्ध विशेष बोस फाइट (Boss Fight) खेल्ने अवसरसमेत पाउनेछन् ।
सहकार्यअन्तर्गत नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा र मादारा लगायत लोकप्रिय पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेटहरू पनि उपलब्ध हुनेछन् ।
यस सहकार्यबारे टेन्सेन्ट गेम्स (Tencent Games) अन्तर्गत पब्जी मोबाइल पब्लिसिङका हेड भिन्सेन्ट वाङले नारुटोका प्रिय पात्र र कथालाई पब्जी मोबाइलको रोमाञ्चक गेमिङ अनुभवसँग जोडेर अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी र बहुप्रतीक्षित सहकार्य प्रस्तुत गर्न लागेको बताएका छन् ।
सन् १९९९ मा सुरुआत भएदेखि नै नारुटो विश्वकै सर्वाधिक लोकप्रिय तथा सांस्कृतिक रूपमा प्रभावशाली एनिमे र मांगा सिरिजमध्ये एकका रूपमा स्थापित छ ।
यस विशेष सहकार्य र जुलाई ९ मा सार्वजनिक हुने भर्सन ४.५ सम्बन्धी थप जानकारी छिट्टै सार्वजनिक गरिने पब्जी मोबाइलले जनाएको छ । गेमरहरूले एप स्टोर र गुगल प्ले स्टोरबाट पब्जी मोबाइल निःशुल्क डाउनलोड गरी यो नयाँ अनुभव लिन सक्नेछन् ।
भर्खरै
लोकप्रिय
