सम्राट सिमेन्ट उद्योगमा कर्मचारीले गरे तालाबन्दी

सम्राट सिमेन्ट उद्योगमा कर्मचारीले गरे तालाबन्दी
+
-
देशसञ्चार AI सारांश
  • दाङस्थित सम्राट सिमेन्ट उद्योगका कर्मचारीहरूले सेवा सुविधामा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्।

  • सामाजिक सुरक्षा कोषमा ६० प्रतिशत आधारमा जम्मा गर्नुपर्ने र स्थानीय युवालाई रोजगारीको प्राथमिकता दिनुपर्ने माग राखिएको छ।

  • उद्योगभित्रै तालिम, उचित पारिश्रमिक र पदोन्नति व्यवस्था गर्नुपर्ने माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइएको छ।

दाङ– दाङको लमही-७ स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा-सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्।

कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्।

लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्याङ्कन गरी स्तरवृद्धि तथा पदोन्नति गर्नुपर्ने, यसअघि उपलब्ध गराइँदै आएको सेवा-सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग छ।

ज्ञापनपत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब-भत्ताको ६० प्रतिशतलाई आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवाससम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनुपर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी कुनै कर्मचारीले राजीनामा दिएपछि बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रवृत्ति अन्त्य गरी उद्योगमै कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ।

मागको सुनुवाइ नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…