काठमाडौँ– स्वास्थ्य बिमा बोर्डले विमितहरूलाई अनावश्यक स्वास्थ्य जाँच नगर्न अनुरोध गरेको छ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले राज्यलाई आर्थिक भार परेको भन्दै अनावश्यक स्वास्थ्य जाँच नगर्न अनुरोध गरको हो। अनावश्यक स्वास्थ्य सेवा वा परिक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक्ता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले आग्रह गरेको छ।
रकम अभावमा हुँदा पटक-पटक अस्पतालमा विमा सेवा अवरुद्ध हुँदै आएको छ। जसका कारण नागरिकले बिमा गर्दा गरेका सम्झौताअनुसारको सेवासमेत नपाएको अवस्था छ।
सरकारले आर्थिक भार धेरै भएको र अस्पताललाई विमा सेवाबापतको रकमसमेत दिन नसकिरहेको अवस्था छ।
पैसा अभावमा बोर्डले दिने औषधिसमेत कटौती गरेको थियो। २८९ किसिमका औषधि दिँदै आएको बोर्ड कटौती गरेर १७० किसिमका मात्रै औषधि दिने निर्णय गरेको थियो।

भर्खरै
लोकप्रिय
