- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३ वर्षीय पाकिस्तानी नागरिक अवैध सुर्तीजन्य पदार्थसहित पक्राउ परेका छन्।
- पक्राउ परेका शाहिद महमुदले लगेजमा लगभग दुई लाख एक हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामग्री लुकाएर लैजान खोजेका थिए।
- उक्त सामग्री त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कानुनी कारबाहीको लागि बुझाइएको छ।
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुर्तीजन्य पदार्थसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ द्वारा काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका राहदानी नम्बर बिइ ०१५३५५५ वाहक पाकिस्तानी नागरिक ६३ वर्षीय शाहिद महमुद रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
उनका अनुसार निज महमुदले लिई आएको लगेजहरुलाई यस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा निजको लगेजहरुबाट उक्त सामग्री फेला परेको हो।
निजको साथबाट रजनीगन्धा रु एक लाख २० हजार, पान पराग रु २२ हजार ७५०, कथा नामक डब्बा रु २८ हजार ३५० र १०० एमटिएस लेखिएको पोका तौल २५ केजीको रु ३० हजार गरी कूल जम्मा रकम दुई लाख एक हजार १०० बराबरको सुर्तीजन्य पदार्थहरु तथा अन्य सामग्री लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
निजलाई आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रवक्ता सिलवालले बताए।
भर्खरै
लोकप्रिय
