खामेनेईको श्रद्धाञ्जलि कार्यक्रममा लाखौँ मानिस सहभागी, ट्रम्प भन्छन्– ‘एकै प्रहारमा सबै मारिदिन सक्थ्यौँ’

खामेनेईको श्रद्धाञ्जलि कार्यक्रममा लाखौँ मानिस सहभागी, ट्रम्प भन्छन्– ‘एकै प्रहारमा सबै मारिदिन सक्थ्यौँ’
+
-

अमेरिका-इजरायलको हवाई आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको सार्वजनिक अन्तिम श्रद्धाञ्जलि कार्यक्रम दोस्रो दिन पनि जारी छ। सोमबार हुने शवयात्राअघि लाखौँ सर्वसाधारणले तेहरानमा भेला भएर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। खामेनेईलाई बिहीबार उनको जन्मथलो मासहादमा अन्त्येष्टि गरिने कार्यातालिका रहेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अली खामेनेईको अन्त्येष्टिमा इरानको सम्पूर्ण शीर्ष नेतृत्व एकै स्थानमा भेला भएको दाबी गर्दै अमेरिकाले चाहेको भए एउटै आक्रमणमा उनीहरू सबैलाई समाप्त गर्न सक्ने बताएका छन्। समाचार वेबसाइट एक्सिओससँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘उनीहरू सबै त्यहाँ उपस्थित छन्। हामी चाहे एउटै आक्रमणमा सबैलाई समाप्त गर्न सक्छौँ। तर हामी त्यसो गर्ने छैनौँ, किनकि त्यसपछि वार्ता गर्न कोही पनि बाँकी रहने छैन।’

ट्रम्पले अमेरिका इरानसँग वार्ता जारी राख्न चाहिरहेको र त्यसैले यस्तो कदम नचालिएको पनि बताए। उनले अन्तिम श्रद्धाञ्जलिका क्रममा रोइरहेका मानिसहरूप्रति कटाक्ष गर्दै ती आँसु पनि ‘नक्कली’ हुन सक्ने टिप्पणी गरे। ट्रम्पको अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। ‘एम्बेसी अफ इरान इन अर्मेनिया’ले सामाजिक सञ्जालमार्फत ‘मानिसहरूलाई मार्न सकिए पनि विचारलाई समाप्त गर्न सकिँदैन। तपाईंसँग न सभ्यता छ, न इतिहास, न सम्मान’ भन्दै ट्रम्पको भनाइको प्रतिवाद गरेको हो।

यसैबीच, तेहरानस्थित इमान खोमेनी ग्रान्ड मोसल्लामा खामेनेईको अन्तिम श्रद्धाञ्जलिका लागि लाखौँ मानिसको भीड लागेको छ। कार्यक्रममा सहभागीहरूले ‘अमेरिका’ र ‘इजरायल’को अन्त्यको नारा लगाएका थिए। खामेनेईको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी भएका छन्।

समारोहलाई लक्षित गर्दै तेहरानमा सेना र प्रहरीको व्यापक परिचालन गरिएको छ। सर्वसाधारणका लागि मेट्रो र सरकारी बस निःशुल्क सञ्चालन गरिएको छ भने होटलमा ५० प्रतिशतसम्म छुट दिइएको छ। पाँच हजारभन्दा बढी विद्यालयमा आवासको व्यवस्था गरिएको छ र विभिन्न सहरबाट विशेष रेल सेवासमेत सञ्चालन गरिएको छ। अन्तिम यात्रा तेहरानबाट सुरु भई क्वम, कारबाला र नजाफ हुँदै ९ जुलाईमा उनको जन्म नगर मसहाद पुग्ने कार्यक्रम छ। त्यहीँ उनको अन्त्येष्टि गरिने छ।

अन्त्येष्टिका बीच अमेरिका-इरानबीच जारी अप्रत्यक्ष वार्ता स्थगित गरिएको छ। साथै, इरानले अन्तर्राष्ट्रिय आणविक एजेन्सीलाई फोर्डो, नतान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति दिन अस्वीकार गरेको छ।

ट्रम्पले मानवीय आधारमा अमेरिकाले इरानलाई अन्त्येष्टि सम्पन्न गर्न एक साताको समय दिएको दाबी पनि गरेका छन्। उनले त्यसपछि इरानले अमेरिकी सर्तहरू स्वीकार गर्नुपर्ने बताए।

अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा खामेनेईका तीन छोरा मसुद, मेयसम र मुस्तफा सहभागी भएका छन्। उनीहरूसँगै इस्लामिक रिभोलुसनरी गार्ड कोर्स्प (आइआरजीसी) का कमान्डर अहमद वाहिदी पनि उपस्थित थिए। तर, खामेनेईका छोरा तथा उत्तराधिकारी मुज्तबा खामेनेई भने समारोहमा देखिएनन्। सञ्चारमाध्यमका अनुसार इजरायलबाट ज्यानको जोखिम रहेको आशंकाका कारण उनले सार्वजनिक रूपमा कार्यक्रममा सहभागिता जनाएनन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…