लुम्बिनी प्रदेशः बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने

लुम्बिनी प्रदेशः बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने
+
-
देशसञ्चार AI सारांश
  • लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८३।०८४ को बजेटका लागि मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने निर्धारण भएको छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्य र मन्त्री धनेन्द्र कार्की प्रदेश सभा छलफलका प्रश्नहरूको जवाफ दिनेछन।
  • आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल ३७ अर्ब ३८ करोड ४५ लाख बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ।

दाङ – लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने भएको छ।

आइतबार बसेको लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको १२ औं बैठकले विभिन्न मन्त्रालय तथा तिनसँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहगत छलफलका लागि समय निर्धारण गरेको हो । छलफलका क्रममा उठ्ने प्रश्न तथा जिज्ञासाको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची तय गरिएको छ ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आठौं अधिवेशनको १३ औं बैठक सोमबार बिहान ८ बजे बस्ने जानकारी दिनुभयो । उक्त बैठकमा बजेटसँग सम्बन्धित मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल अघि बढाइनेछ ।

यसअघि आइतबार बसेको १२ औं बैठकमा आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयक सभामा प्रस्तुत गरेका थिए भने त्यसमाथि सत्ता पक्ष तथा प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ र चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…