दाङमा फलफूलका बिरुवा निःशुल्क वितरण

दाङमा फलफूलका बिरुवा निःशुल्क वितरण
+
-
देशसञ्चार AI सारांश
  • डिभिजन वन कार्यालय दाङले नर्सरीमा उत्पादन गरिएका आँप, लिची, कागती, कटहर र अम्बा बिरुवा निःशुल्क वितरण गरेको छ।
  • यस कार्यक्रमले वातावरण संरक्षण, हरियाली विस्तार र स्थानीय आयआर्जनमा सहयोग पुर्याउने उद्देश्य लिएको छ।
  • कार्यालयका अनुसार वितरण गरिएका बिरुवाले वन संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान दिने अपेक्षा गरिएको छ।

दाङ– डिभिजन वन कार्यालय दाङ(देउखुरी)ले उत्पादन गरेका फलफूलका बिरुवा निःशुल्क रूपमा वितरण गरिएको छ । स्थानीय तह, सामुदायिक वन, संघसंस्था तथा सर्वसाधारणलाई लक्षित गर्दै बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नर्सरीमा उत्पादन गरिएका आँप, लिची, कागती, कटहर र अम्बालगायतका फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको हो । यस कार्यक्रममार्फत वातावरण संरक्षणसँगै स्थानीयस्तरमा फलफूल खेती विस्तार गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

डिभिजन वन कार्यालय र गढवा सब–डिभिजन वन कार्यालयमा सञ्चालित नर्सरीबाट यस वर्ष एक वर्षे र बहुवर्षीय गरी ठूलो संख्यामा बिरुवा उत्पादन गरिएको छ । जसअनुसार एक वर्षे बिरुवा २ लाख १८ हजार ६३ र बहुवर्षीय बिरुवा ६१ हजार ३३७ उत्पादन गरिएको कार्यालयले जनाएको छ ।

फलफूलतर्फ १२ हजार ५९२ बिरुवा उत्पादन गरिएको छ । जसमा आँप ६ हजार ७५१, लिची २ हजार ६६०, कागती २ हजार १५०, कटहर ५३० र अम्बा ५०१ बिरुवा रहेका छन् ।

कार्यालयका अनुसार वितरण गरिएका बिरुवाले हरियाली विस्तार, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

साथै फलफूल खेतीलाई प्रोत्साहन गर्दै स्थानीयको आम्दानी बढाउने लक्ष्य पनि लिइएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…