आकाशमा मन्त्रीहरू उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए: शाही

आकाशमा मन्त्रीहरू उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए: शाही
फाइल तस्बिर ।
+
-

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली नदीमा गाडी खस्दा सरकारले उदासिनता देखाएको भन्दै संसदमा आक्रोश व्यक्त गरे गरेका छन्।

सोमबारको संसद बैठकमा बोल्दै उनले आकाशमा मन्त्रीहरु उडिरहँदा नदीमा नागरिकहरु डुबिरहेका थिए भन्दै आक्रोश व्यक्त गरेका हुन्।

सरकारले विपद्‌मा हेलिकप्टर सञ्चालन गर्ने भन्दै ठूलो गफ हाँकेको बताए। ‘सरकारले यही संसदमा विपद् व्यवस्थापनका लागि हेलिकप्टर संचालन गर्ने भनेर ठूला गफ हाँक्यो। हामीले गफ सुन्यौँ। र ताली पड्कायौँ सभामुख महोदय’, शाहीले भने ‘तर प्राथमिकतामा कर्णाली परेन, देखिएन। आकाशमा मन्त्रीहरु उडिरहँदा नदीमा नागरिकहरु डुबिरहेका थिए।’

उनले कर्णालीमा दुर्घटनापछि गरिएको फोनसमेत नउठाएर सरकारले नागरिकको जीवन रक्षाको विषयमा खेलवाड गरेको बताए। ‘कर्णालीका नागरिकले बाँच्नु पाउने अधिकार छ कि छैन? कर्णालीका युवाहरु यो देशको भविष्य हुन वा होइनन्? कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो ?’, उनले अगाडि प्रश्नसमेत गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…