काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संवैधानिक कानुनको ज्ञात नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले संविधान संशोधनको विषयलाई सरकारले सामान्य रुपमा लिएको भन्दै आपत्ति जनाएका हुन्।
उनले संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहस पत्र तयार पार्नु अपरिपक्व काम काम भएको बताए। उनले संविधानले चिनेको बहालवाला प्रधानन्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन गर्न जरुरी रहेको बताए।
लोकतन्त्रको महत्वपूर्ण आधार भनेकै संवाद भएको तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको उनले बताए।
उनले भने, ‘अहिले जसरी संविधान संशोधनलाई हल्का रूपमा लिएर सरकारले संवैधानिक कानुनका ज्ञात नभएको, संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहस पत्र जसरी तयार गरिँदै छ, यो एकदमै अपरिपक्व काम भइरहेको छ भन्ने पनि हाम्रो ठहर हो।’
भर्खरै
लोकप्रिय
