उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह
+
-
देशसञ्चार AI सारांश
  • उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ।
  • मनसुनी प्रणाली सक्रिय रहेकाले सडकहरू जलमग्न भई डुबानको जोखिम हुँदा सवारीसाधन चलाउँदा सतर्कता अपनाउनु आवश्यक छ।
  • आगामी तीन दिन पहाडी भूभागका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले मौसम अपडेट हेर्न अनुरोध गरिएको छ।

काठमाडौँ – मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भू–भागतर्फ सरदर आसपासमा अवस्थित छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारीसाधन चलाउँदा तथा पैदलयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे।

“उपत्यकामा केही समय वर्षा हुने सम्भावना छ। सडक जलमग्न हुन सक्छन्, केही स्थानमा डुबानसमेत हुन सक्छ। त्यसैले यात्रु तथा सवारी चालकले सतर्कता अपनाउन आवश्यक छ,” उनले भने।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिन देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिए। उनका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा भारी वर्षाको सम्भावना भने कम छ।

“मनसुनी हावाको प्रभाव देशैभर छ। तर प्रणाली धेरै शक्तिशाली नभएकाले पहाडी भूभागका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्छ। धेरै आत्तिनुपर्ने अवस्था छैन, तर आवश्यक सतर्कता भने अपनाउनुपर्छ”, वरिष्ठ मौसमविद् अर्यालले भने।

विभागका अनुसार हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बू र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद्ले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…