सरकारका सय दिन सन्तोषजनक छैनन्ः अर्जुननरसिंह केसी

सरकारका सय दिन सन्तोषजनक छैनन्ः अर्जुननरसिंह केसी
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारको सय दिनको कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गरेका छन्।

सोमबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले सरकार गठनका समयमा जनतामा देखिएको आशा र विश्वास पछिल्लो सय दिनमा क्षयीकरण हुँदै गएको बताएका हुन्।

सरकारले अघि सारेका सय बुँदे कार्यक्रममध्ये झन्डै ३७–३८ बुँदाभन्दा बढी कार्यान्वयनमा आउन नसकेको उनले बताए। उनले बाँकी विषयहरू शून्य अवस्थामा रहेको उल्लेख गरे।

लोकतन्त्रमा परिणाम मात्र नभई प्रक्रिया पनि विधिसम्मत हुनुपर्नेमा जोड दिँदै नेता केसीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति र प्रक्रियालाई निरन्तर बेवास्ता गरेको आरोप लगाए।

उनले प्रधानमन्त्रीको संसद्‌प्रतिको जवाफदेहितामाथि प्रश्न पनि उठाए। प्रधानमन्त्रीले संसद्‌मा व्यक्त गरेको धारणा आधिकारिक हुने स्मरण गराउँदै उनले जेठ १७ गतेदेखि उठिरहेका प्रश्नहरूको पाँच हप्तासम्म पनि जवाफ नआउनु दुःखद् भएको बताए।

प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भएर आफ्ना धारणा स्पष्ट पार्नुपर्ने वा त्रुटि सच्याउनुपर्नेमा त्यसो नगरेर संसद्को अपमान गरेको उनको भनाइ छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…