कस्टमर एक्सपेरियन्स जोनसहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

कस्टमर एक्सपेरियन्स जोनसहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा
+
-
देशसञ्चार AI सारांश
  • शाओमीले इटहरी र नारायणगढमा सर्भिस सेन्टर खोलेर स्मार्टफोन र IoT उपकरणहरूको मर्मत सुविधा सुरु गरेको छ।
  • ग्राहकहरूलाई शाओमीका वास्तविक पार्ट्समार्फत भरपर्दो सेवा दिने उद्देश्यले दक्ष प्राविधिकहरूसहित सेन्टरहरू सञ्चालन हुनेछ।
  • इटहरीमा ग्राहक अनुभव क्षेत्र राखेर शाओमीका नवीनतम उत्पादनहरूको प्रत्यक्ष अनुभव पाउने व्यवस्था गरिएको छ।

काठमाडौं- विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकहरूलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले धरानलाईन (इटहरी) र लायन्सचोक (नारायणगढ) मा नयाँ आधिकारिक सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याएको छ।

यी नयाँ सेन्टरहरू मार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आइओटी (IoT) उपकरणहरूको मर्मत, सेवा र प्राविधिक सहयोग उपलब्ध गराइनेछ।

ग्राहकहरूलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नका लागि यहाँ शाओमीका वास्तविक (जेनुइन) स्पेयर पार्ट्सहरू मात्र प्रयोग गरिने कम्पनीले जनाएको छ।

रमेश कर्पअन्तर्गतको कम्पनी टेलिडाइरेक्ट प्रा.लि. ले यी नयाँ सर्भिस सेन्टरहरूको सञ्चालन गर्नेछ, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक र विश्वासयोग्य ग्राहक सेवा प्रदान गर्दै आएको छ।

यस उद्घाटनको विशेष अवसरमा कम्पनीले ग्राहकहरूका लागि छिट्टै आकर्षक छुट योजना घोषणा गर्ने तयारी समेत गरेको छ।

यससम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालमा जोडिन वा सिधै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

विशेष गरी इटहरीको सर्भिस सेन्टरमा एक आधुनिक ‘कस्टमर एक्सपेरियन्स जोन’ को व्यवस्था गरिएको छ, जहाँ ग्राहकहरूले शाओमीका विभिन्न नवीनतम उत्पादनहरू प्रत्यक्ष रूपमा हेर्न, प्रयोग गर्न र अनुभव गर्न पाउनेछन्।

टेलिडाइरेक्ट प्रा.लि. का जनरल मेनेजर दीपक श्रेष्ठले इटहरी र नारायणगढमा सुरु भएका यी सेन्टरहरूले शाओमीका ग्राहकलाई अझ छिटो, सहज र उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरेका छन्।

यी सेन्टरहरूमा दक्ष प्राविधिकहरू उपलब्ध रहने हुनाले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्याहरूको समाधान आधिकारिक मापदण्डअनुसार तत्कालै गरिने कम्पनीले उल्लेख गरेको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…