सुकुम्बासीप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै सत्तारूढ सांसदकै आपत्ति

सुकुम्बासीप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै सत्तारूढ सांसदकै आपत्ति
+
-

काठमाडौँ- सरकारले सुकुम्बासी व्यवस्थापनमा संवदेनशीलता, योजना र जिम्मेवारी देखाउन नसकेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् तथा प्रतिनिधिसभाकी सचेतक क्रान्तिशिखा धितालले  चिन्ता व्यक्त गरेकी छन्।

सोमबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै रास्वपा सचेतक धितालले सडकमा बगिरहेको सुकुम्बासीको आँसुले सबैलाई पोल्नुपर्ने बताएकी छन्।

उनले सुकुम्बासी व्यवस्थापनले राज्यको कमजोरी र असक्षमतालाई उजागर गरेको पनि बताएकी छन्।

सरकारले सोमबार सुकुम्बासी समस्या समाधान ५ सय दिनमा गर्ने बताउँदै बर्खायाममा आश्रयहीन सुकुम्बासीप्रति लापरबाही प्रदर्शन गरेको छ।

धितालले सामाजिक सञ्जालमा लेखेकी छन्-  ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाई पोल्नुपर्छ । सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…