‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक

‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • सर्वोच्च अदालतले ‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक गर्दै प्रभावकारी कार्यान्वयनको महत्वमा जोड दिएको छ।
  • पुस्तकले संवैधानिक, ऐन, कानुन, नियममावली र सर्वोच्च अदालतको परिपत्रलाई समेट्दै सरोकारवालाहरुलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
  • मुख्य रजिष्ट्रारका अनुसार न्याय सम्पादनमा नेपाल प्रहरी र स्थानीय निकायद्वारा सहयोग आवश्यक रहेको छ।

काठमाडौँ – सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक गरेको छ। सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलसहित सरोकारवाला व्यक्तिले उक्त सँगालो सार्वजनिक गरेका हुन्।

नेपालको न्यायापालिकाको सुधार गर्दै प्रभावकारी फैसला कार्यान्वयनका लागि सँगालो महत्वपूर्ण दस्ताबेज हुने बताउँदै मुख्य रजिष्ट्रार पौडेलले वास्तविक न्यायका लागि फैसला कार्यान्वयन प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिए।

तथ्याङ्कअनुसार एक लाख २१ हजार वर्षभन्दा बढी कैद असुल हुन बाँकी रहेको उल्लेख गर्दै उनले करिब रु ३४ अर्ब बढी जरिवाना असुल गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।

प्रकाशित सँगालो फैसला कार्यान्वयनमा सहयोगी माध्यम बन्ने मुख्य रजिष्ट्रार पौडेलले विश्वास व्यक्त गरे। “फैसला कार्यान्वयन न्यायालय एक्लैले चाहेर पनि सम्भव हुँदैन। यसमा नेपाल प्रहरी, स्थानीय तह, वडालगायत सम्बन्धित निकायको सहयोग जरुरी छ”, उनले भने, “राज्यको उपस्थिति र कानुनको शासन कायम गर्नका लागि पनि फैसला कार्यान्वयन जरुरी छ।”

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले अदालतको जनआस्था वृद्धि फैसला कार्यान्वयनबाट हुने उल्लेख गर्दै कार्यसम्पादनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले सँगालो तयार गरिएको बताए। उनले भने, “अदालतको फैसला छिटो कार्यान्वयन हुँदा पीडितले पनि छिटो न्याय पाउने भएकाले यो पुस्तक न्याय सम्पादन र फैसला कार्यान्वयनसँग सम्बन्धित व्यक्तिका लागि उपयोगी हुनेछ। ”

फैसला कार्यान्वयनसँग सम्बन्धित संवैधानिक, ऐन, कानुन, नियममावली, निर्देशिका, नजीर र सर्वोच्च अदालतबाट भएका परिपत्रहरूको व्यवस्थालाई समेटेर यो पुस्तक तयार गरिएको छ। फैसला कार्यान्वयन गर्ने अधिकारी, न्यायालयका कर्मचारी, कानुन व्यवसायी, सरोकार भएका निकाय सबैलाई पुस्तक उपयोगी हुने सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…