सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडासमेत सुनुवाइ भएनः सांसद रम्तेल

सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडासमेत सुनुवाइ भएनः सांसद रम्तेल
+
-

काठमाडौँ – श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले सरकार ढुंगाजस्तै मौन भएको बताएकी छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले जनप्रतिनिधिहरूको आवाज सुन्नुपर्ने संवैधानिक दायित्वसमेत पूरा नगरेको बताइन्।

सांसद रम्तेलले प्रधानमन्त्री वालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरूको मागसमेत अझै सुनुवाइ हुन नसकेको बताइन्।

सांसद रम्तेलले गणेश नेपालीको मृत्यको खबरले सिंगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन्।

उनले भनिन्,‘नेपालीमा एउटा उखान छ– ढुंगालाई जति पानी खन्याए पनि त्यो गल्दैन। तर, लोकतन्त्रमा सरकार ढुंगाजस्तो मौन हुन मिल्दैन। संसद्‌मा उठेका जनप्रतिनिधिका आवाज सुन्नु सरकारको दायित्व र जवाफदिनु सम्वैधानिक जिम्मेवारी हो। यही विषयमा हामीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ। तर, आजसम्म पनि प्रधानमन्त्रीज्यूको अभिव्यक्तिबारे न त स्पष्टता आएको छ, न संसद्‌ले चित्तबुझ्दो जवाफ पाएको छ। गणेश नेपालीको मृत्युले हामी सबै देशवासी आज अत्यन्तै दुःखी छौँ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…